November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अबको क्रान्तिको चरित्र समाजवादी हुनेछ: भुसाल

1.4K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अबको क्रान्तिको चरित्र समाजवादी हुने दाबी गरेका छन्।

शनिबार पार्टी स्कुल विभागद्वारा जारी आवासीय प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव भुसालले नेपाली समाज पूँजिवादी भएकाले पूँजिपति वर्गसँग श्रमजीवि वर्गको अन्तरविरोध समाधान गर्न उत्पादनका साधनमा सार्वजनिक स्वामित्व हुने समाजवादको स्थापना गर्न आवश्यक सबै नीति सिद्धान्तको खाँचो पर्नेमा जोड दिए ।

प्रशिक्षणमा मार्क्सवादी दर्शन, नेपाली चरित्रको समाजवाद, आजको विश्व परिवेशमा नेपाली राजनीति, संगठनलगायतका विषयमा प्रशिक्षण दिने कार्य जारी रहेको केन्द्रीय सदस्य तथा विभाग सचिव अशेष घिमिरेले बताए ।

Advertisement

सचिव घिमिरेकाअनुसार पार्टीका नेताका साथै जनवर्गीय संगठनका ४५ जना प्रशिक्षार्थी प्रशिक्षणमा सहभागी छन्। पार्टी उपाध्यक्ष एवं विभाग प्रमुख प्रमेश हमालको अध्यक्षता एवं सविच घिमिरेको सहजिकरणमा प्रशिक्षण कार्यक्रम जारी छ।