November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

व्यवसायी चाचानसहित सय बढी एकीकृत समाजवादीमा प्रवेश

2.3K

काठमाडौं । पर्साको वीरगंज महानगरपालिकाका व्यवसायी बाबुलाल चाचान नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

सोमबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले व्यवसायी चाचानसहित सय बढी स्थानीय नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

परवानीपुर गाउँपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पाँच सयभन्दा धेरैको सहभागिता रहेका थियो ।

Advertisement