काठमाडौं। पूर्वी नवलपरासीको जंगलमा दुई महिलाको शव फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरे जंगलमा स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको शव जंगलमा भेटिएको हो ।
प्रहरीका अनुसार आइतबार दिउँसो सासुबुहारी घाँस काटन् जंगल गएका थिए। साँझ अबेरसम्म पनि घर नफर्किए पछि खोजि गर्ने क्रममा गए राति ११ बजे जंगलमा दुबैजनाको शव फेला परेको हो ।
मृतक दुबैजनाको कम्परा र पछाडीपट्टी ढाडमा चोट रहेकाले स्थानीयले बाघले आक्रमण गरेको अनुमान गरे पनि पोष्टमाटम पछि मात्र यथार्थ खुल्ने प्रहरीले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान कार्य सुरु गरी दुवै शवलाई पोष्टमाटमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिएको प्रहरीले जनाएको छ ।