April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

मलेसियामा होटेल व्यवसाय गर्दै आएका एक नेपाली मृत अवस्थामा फेला

1.5K

क्वालालम्पुर । मलेसियामा होटेल व्यवसाय सञ्चालन गर्दै आएका एकजना नेपाली श्रमिक व्यवसायी मृत  अवस्थामा फेला परेका छन्। मलेसियाको जोहोर राज्यमा ब्यावसाय गर्दै आएका नेपालको ठेगाना डोटी जिल्ला निवासी टेक बहादुर साउद मृत अवस्थामा फेला परेका हुन् ।

साउद मंगलबार बिहान करिब ८ बजे आफू बस्ने कोठा नजिकैको पार्कमा मृत् अवस्थामा फेला परेका हुन् । मृत् अवस्थामा भेटिएका मृतक साउदको मुखबाट सेतो फिज निस्केको कारण पार्कमै गएर विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशँका गरिएको छ ।

स्रोतकाअनुसार १० बर्षदेखि मलेसियामा काम गर्दै आएका साउद सुरुमा मलेसियामा एक म्यानुफ्याक्चरिङ कम्पनीमा काम गर्न आएका थिए । पछिल्लो केहि बर्षदेखि आफैं होटेल सञ्चालन गरी व्यवसाय गर्दै आएका थिए ।

Advertisement

साउदले के कारणले आत्महत्या गरेका हुन् भन्ने कारणबारे स्पष्ट खुल्न सकेको छैन। जानकारी अनुसार उनको मृत शव पोस्टमार्टमको लागि स्थानीय सुल्तान हस्पिटलमा लगिएको छ । पोस्टमार्टम सकिए पश्चात नेपाली दूतावास लगायत विभिन्न संघसंस्था र सम्बन्धित निकायको सहयोग समन्वयमा मृतक साउद्को शव अन्तिम दाहसंस्कारको लागि नेपाल फर्काइने जनाइएको छ ।