April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विशेष अदालतका नवनियुक्त पदाधिकारीहरूले लिए पद तथा गोपनीयताको शपथ

1.3K

काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ ग्रहण गराएका हुन्।

विशेष अदालतको अध्यक्षमा न्याय परिषद्को यही मंसिर ५ गते बसेको बैठकले उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो।

उक्त बैठकले सदस्यहरुमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाशीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो।

Advertisement