तेह्रथुम । लिम्बू भाषाको पा:लाम ‘फेदाप् हाङ्साम्’को छायांकन सम्पन्न भएको छ । हाङ चेम्जोङद्वारा निर्देशित यस पा:लामलाई तेह्रथुमको विभिन्न रमणीय स्थलहरूमा छयांकन गरिएको हो ।
जिल्लाको गुफा पोखरी, मेयङ्लुङ, बसन्तपुरस्थित चोत्लुङ पार्क लगायत विभिन्न ऐतिहासिक स्थलहरूमा पुगेर छायांकन गरिएको यस पा:लाम चाडै दर्शकमाझ आउने निर्देशक चेम्जोङले बताए ।
यस पा:लाममा नेम खापुङको शब्द, रिता फोम्बो ठूलीको लय संकलन रहेको छ भने असारसिंह निङ्लेकु र मोति हुक्पा चोङ्बाङ केदेमको स्वर रहेको छ । यसलाई कृष्णभक्त राइले संगीत संयोजन गरेका हुन् ।
पा:लामको भिडियोमा सागर केरुङ्, सुम्निमा खापुङ्को मुख्य भूमिका रहेको छ भने दुर्गा तुम्सा, रिता फोम्बो ठूली, मोति हुक्पा चोङ्बाङ्, असारशिं निङ्लेकु, इन्द्र शुशिल लिम्बु, सीता फोम्बो, याम फत्र लिम्बु, सनी नेम्बाङ, भीमा चेम्जोङ, अन्जना याक्खा, क्याक लिम्बु, अबि तुम्बापो लगायतले साथ दिएका छन् ।
भिडियो शिरकुमार राईको छायांकन र हेम हुक्पा चोङ्बाङको निर्माणमा बनेको हो। श्रीङ्गारमा महेश सिग्देल रहेका छन् ।