काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक बिहान १० बजे बस्ने गरि बोलाइएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने हुने जनाइएको छ।
केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ।
कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन्।