November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एकीकृत समाजवादीका सचिवालय सदस्य दलबहादुर गुरुङ एमाले प्रवेश

२०८० कार्तिक १३

1.3K

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य दलबहादुर गुरुङ एमाले प्रवेश गरेका छन् ।सोमबार गण्डकी प्रदेश कमिटीको नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रममा गुरुङ पुरानै पार्टीमा फर्किएका हुन् ।

गुरुङलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् । उनीसँगै सोमबार नै नेकपा एस परित्याग गरेर कास्कीको माछापुच्छे गाउँपालिकाका उपाध्यक्ष कृष्ण गुरुङसहित ८० जना भन्दा धेरै नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले उनीहरुलाई क्षमता र योग्यताअनुसारको उचित जिम्मेवारी प्रदान गरिने बताए ।

Advertisement