January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

1.5K

काठमाडौं । कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाजुराबाट कालिकोट जाने क्रममा सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा जीप दुर्घटनामा पर्दा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाही रहेका छन् ।

प्रहरीका अनुसार ग १ ज ५७९५ नम्बरको जीप आज बिहान ३ बजे दुर्घटना भएको हो । जीप सडकबाट करिब ३० मिटर तल खसेको र जीपमा चालक बाहेक अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।

Advertisement