July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

‘प्रवासमा अनलाइन पत्रकारिताको व्यवस्थापन’ विषयक अभिमुखीकरण कार्यक्रम गर्दै एफएनजे

1.5K

नेपाल पत्रकार महासंघ जापानको आयोजनामा ‘प्रवासमा अनलाइन पत्रकारिताको व्यवस्थापन’ विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रवासमा नेपाली भाषी अनलाईन/मिडिया संचालनको प्रावधान नेपाल सरकारको कानुनी प्रावधान पत्रकार आचारसंहिता व्यवस्थापकीय पक्ष र प्रवासमा गरिने पत्रकारिताको प्रभाव लगाएतको विषयमा बहस गरिने नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरीले जानकारी दिए ।

नेपाली दुतावास टोकियोका राजदूतडा. दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथ्यमा हुने कार्यक्रमको विशेष वक्ताको रुपमा नेपाल पत्रकार महासंघ (एफएनजे) लेखा समिति, संयोजक लेखनाथ न्यौपाने र प्रशिक्षकको रुपमा डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदी रहने छ भने कार्यक्रमको सहआयोजकको रुपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) जापान रहेको कार्यक्रम ‍संयोजक बिश्वास सुवेदीले जानकारी दिए ।

Advertisement

यही अक्टोबर ७ तारिख आइतबारको दिन सोलमारी मुरा हल, टोकियोमा दिउँसो १२ बजेदेखि १६ बजे‍सम्म हुन लागिरहेको कार्यक्रममा उपस्थितिको लागि नेपाल नेपाल पत्रकार महासंघ जापानले जापानमा रहेका ‍सबै पत्रकारहरुलाइ अनुरोधसमेत गरेको छ ।