January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

हल्दिवारीमा किरात याक्थुङ् चुम्लुङको तदर्थ समिति गठन

1.4K

झापा । हल्दिबारी गाउँपालिकामा किरात याक्थुङ् चुम्लुङको बुधबार तदर्थ गाउँ कार्य समिति गठन भएको छ ।

किरात याक्थुङ् चुम्लुङ् जिल्ला अधयक्ष सेसेहाङ् फियाकको संयोजकत्वमा साउन ३१ गते गोलधापमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो ।

युवा भिम साँबाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । जसमा उपाध्यक्ष, सचिव, र कोषाध्यक्षमा क्रमशः गीता राई आङ्देम्बे, डम्बर आङ्खेवा र डिकमान फागो रहेका छन् भने सदस्यहरुमा सुमन नेम्बाङ्, बुद्ध मावो, सञ्जय योङ्हाङ्, सन्तोाष माङ्युङ् र पवन थाम्सुहाङ् रहेका छन् ।

Advertisement

हल्दिबारीमा निवर्तमान अध्यक्ष भक्त केरुङको नेतृत्वमा रहेको किरात याक्थुङ् चुम्लुङ् गाउँ कार्य समितिले विगत ४ वर्षसम्म कुनैपनि गतिविधी नगरेको र समयामा गाउँ अधिवेशन पनि नगरी समिति निष्क्रिय राखेकोले जिल्ला शाखाले केरुङ्को नेतृत्वको समिति भङ्ग गरेको थियो ।

यसरी विधाननत भङ्ग भएको गाउँमा पुनः समिति क्रियाशिल बनाउनको निमित्त तदर्थ समिति गठन गरी गाउँ कार्य समिति पुनर्जीवित गर्न गराउनको निमित्त समिति गठन गरिएको हो ।