November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना पुष्टि

2.6K

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा  थप ५५४ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नेपालमा  ५ हजार २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको  मन्त्रालयले जनाएको हो ।

Advertisement

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ३८ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ५८५ जना उपचारपछि डिस्चार्ज भएका छन्।