November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १९ सय नाघ्यो

2.6K

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १९ सय ३ जना पुगेको हो।

२४ घण्टामा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ। 

Advertisement