प्रेमचन्द्र झा
रौतहट । जिल्लामा खोज र खोप अभियानले तीब्र पारेको छ । आषाढ मसान्तसम्म रौतहटलाई पुर्णखोप जिल्लाको रूपमा घोषणा गराउने उदेश्यका साथ खोजौ र खौपौ अभियान चलिरहेको हो ।
नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक स्चान भइरहेका छन् ।
खोप केन्द्रमा बेलैमा खोप नलिएका छुटेकालाई खोज र खोप दिने अभियान सञ्चालनमा रहेका छन् । खोप लिन छटेका १६ महिना देखि ५९ महिना उमेर समुहको बालबालिकालाई खोप दिइदैछ ।
स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घरघरमा गई दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेप्रसाद यादवले बताए । जसका लागि स्थानीय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत सञ्चालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा यो अभियान भएको हो । पुर्णखोप सुनिश्चितता बौधीमाई, देवाही गोनाही, परोहा, माधवनारायण, गरुडा चन्द्रपुर, फतुवा विजयपुर र गौर नगरपालिका रहेका छन् ।
खोज र खोप अभियानमा जिल्लाका सबै वालवालिका खोप पाएको देखाई सकेपछि मात्र रौतहट पुर्ण खोप घोषणा हुने प्रमुख यादवले बताए । जन्मदेखि १५ महिना भित्र सेडुल अनुसारको खोप लिनुपर्ने हुन्छ ।
जिल्लाको नौ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखोप दिगोपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ ।
खोज र खोप अभियानले अषाढ सम्म रौतहटलाई खोप सुनिश्चितताको लेवलमा पुर्याएका छन् । सुनिश्चितता बच्चालाई स्वस्थ्य रहने पुर्ण अधिकार हो । बच्चा जन्मनेबितिकै विसिजि दिनुपर्ने हुन्छ । ६ हप्तामा रोटा, पोलियो, पिसिभि, डिपिटि, हेपबी, हिबको खोप १० हप्तामा रोटा, पोलियो, पिसिभि, डिपिटि, हेपवि, हिप खोप लगाइसक्नु पर्दछ । बालवालिकालाई १४ हप्तामा पोलियो एफ आई पिभि, डिपिटी, हेपबि, हिबखोप दिने हो । ९ महिनामा एफ आई पिभि, पिसिभी, दादुरा– रुवेला, १२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा– रुवेला , टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रूपमा नियमित खोप दिइरहेका छन् ।
२०३४ सालमा दादुरा उन्मुलन भएपछि सिन्धुपाल्चोक धनुषावाट खोप शुरु भई हाल ७७ वटै जिल्लामा १३ रोग विरुद्व १३ खोप चलिरहेका छन् । स्वास्थ्यकर्मी र भ्याक्सीन कमि छैन । खोप लिइसकेपछि बालबालिकामा हुने समान्य असर खोपाएको ठाउमा दुख्ने, ज्वरो आउने हुन्छ । त्यसका कारण ड्रप आउट हुने गर्दछन् ।