May 11, 2025, Sunday
२०८२ बैशाख २८
1:37:26 pm

एकीकृत समाजवादी भोजपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा पराजुली

2.4K

काठमाडौं । नेकपा एकीकृत समाजवादीको भोजपुर  काठमाडौँ सम्पर्क मञ्चको प्रथम ऐतिहासिक सम्मेलन  सम्पन्न भएको छ । शनिबार काठमाडौंमा भएको भोजपुर काठमाडौं सम्पर्क मञ्चको  प्रथम सम्मेलनबाट  भद्र पराजुलीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति  गठन भएको छ ।

समितिको उपाध्यक्षहरूमा बीपी आचार्य र सुसन थापा सचिव दीपराज दाहाल, सह सचिवहरू कविता थापा र शैलेन्द्र श्रेष्ठ, कोषाध्यक्ष राम कुमार पाण्डे चयन भएका छन् । यस्तै समितिको सदस्यहरूमा देवेन्द्र राई, रामजी बिष्ट, शान्तिदेवी राई, नीता मंग्राती, राज कुमार तामाङ, खेशर ब. राई, निल कुमार राई, विजय विश्वकर्मा ,नन्द कुमार विश्वकर्मा ,बाल कुमार घले, सुस्मिता जोगी, लोकेन्द्र ब. श्रेष्ठ र  ईश्वर तामाङ चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेको उक्त अधिवेशनको उद्घाटन सत्रमा पार्टीेका कोशी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अमर राउत, सम्पर्क विशेष प्रदेश कमिटीका उपसचिव केशर अधिकारी, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, पार्टीका नेताहरू विरजंग राई, विरबलकाजी राई, रमेश शाक्य लगायत नेताहरूले शुभकामना मन्तव्य राखेका थिए।

Advertisement

भिमराज राईको अध्यक्षतामा भएको कार्यक्रम भद पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने  सञ्चालन विपी आचार्यले  गरेका थिए ।