April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भ्रम फैलाउने दुई म्यानेजरलाई कारबाही

1.9K

काठमाडौं । फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो।

प्राधिकरणका अनुसार फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाइनुका साथै उनीहरूको एयरपोर्ट पाससमेत निष्क्रिय पारिएको छ। 

सोमबार राति ९:२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो। एउटा इन्जिनमा समस्या आएपनि उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो। तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो। 

Advertisement

दुबईको आधिकारिक पेजबाट भने उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो।