November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विश्वासको मत लिदै गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी

2.1K

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् ।शनिबार दिउँसो सुरु भएको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत माग्न प्रदेशसभामा सम्बोधन सुरु गरेका हुन् ।

अधिकारीले पहिले विश्वासको मत दिने र केन्द्रको निर्देशनमा फिर्ता लिने अपरिपक्व र अस्वस्थ क्रियाकलाप देखिएको भन्दै माओवादी केन्द्रप्रति असन्तुष्टि जनाएका छन् ।

‘पहिले विश्वासको मत दिने र केन्द्रको निर्देशनमा फिर्ता लिने अपरिपक्व र अस्वस्थ क्रियाकलापले हाम्रो सार्वजनिक संपरीक्षण गरिरहेको त छैन ? जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्दैन ?’ उनले प्रश्न गरेका छन् ।

Advertisement