April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बालेनको कदमप्रति मन्त्रिपरिषदमा चर्चा, फोहोर उठाउन पहल गरिने

1.2K

काठमाडौं । सरकारले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने भनी दिनुभएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिई आवश्यक पहल अघि बढाउने भएको छ ।

मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ सूर्य किरणले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम् सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

Advertisement

साथै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।