पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन दिएको छ ।
पालिकाले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकका, पालिकामा काम गर्ने कर्मचारी र जनप्रतिनिधिहरुका सन्तानलाई अनिवार्य रुपमा आधारभूत तहसम्म सामुदायिक विद्यालयलमा भर्ना गराउन निर्देशन दिएको हो । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
गाउँपालिकाका अनुसार चैत्र १३ गते बसेको पालिका अध्यक्षय स्तरको बैठकले विद्यालयमा कार्यरत शिक्षकहरु, पालिकामा काम गर्ने कर्मचारी र निर्वाचित भएका जनप्रतिनिधिहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन दिएको हो । जस अनुसार आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार गर्नको लागि पालिकाले सो निणर्य गरेको जनाएको छ ।