April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन

1.5K

काठमाडौं । ‘यो रेडियो नेपाल हो ! अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् ।’ यो आवाज अब सदाका लागि अस्ताएको छ ।

आफ्नो जमानामा रेडियो नेपालमा आफ्नो बोलीले एकछत्र राज गर्न सफल वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ ।

पछिल्लो समय निमोनियाबाट ग्रस्त ताम्राकारको बिहीबार राति ९ः५० बजे न्यूरो अस्पतालमा निधन भएको हो ।

Advertisement

८६ वर्षीया ताम्राकारको गत मंगलबारदेखि न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । आफ्नो बुलन्द आवाजकै कारण सदा चर्चामा रहने ताम्राकारले यसअघि आन्द्राको क्यान्सरसमेत जितेकी थिइन् ।

उच्च बनोबल लिएर जीवनमा संघर्ष गरेकी ताम्राकारले पछिल्लो समय इमेज एफएममा उज्यालो कार्यक्रम चलाउँदै आएकी थिइन् ।

उनले शुक्रबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने उनकी छोरी एवं संचारकर्मी गृष्मा राजभण्डारीले बताइन् । ताम्राकारका तीन छोरी छन् ।