काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय अर्थ तथा योजना विभागले ‘देश को वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरू’ विषयक विचार गोष्ठीको आयोजना गर्दै छ ।
विचार गोष्ठीमा सम्पूर्ण सरोकारवालाहरू तथा अर्थशास्त्रमा रुचि राख्नेहरूलाई निमन्त्रण गरिएको केन्द्रीय अर्थ तथा योजना विभागका सचिव रमेश आचार्यले जानकारी दिए ।
कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठान सिद्धिचरण हल (लाइब्रेरी हल) कमलादी काठमाडौंमा चैत्र १० गते शुक्रबार हुन लागेको र अर्थ शास्त्रका विषय विज्ञहरू कार्यक्रमका वक्ताहरु रहने बताईएको छ ।