May 3, 2024, Friday
२०८१ बैशाख २१
1:37:26 pm

गठबन्धनको बैठकमा सहमति जुटेन, भोलि फेरि बस्ने

2.5K

काठमाडौं । आज बसेको सत्तारुढ १० दलीय गठबन्धनमा उपराष्ट्रपति उम्मेद्वारको विषयमा सहमति जुट्न सकेन ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले उपराष्ट्रपतिको साझा उम्मेद्वारको विषयमा सहमति जुटाउन नसकेको हो ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवारमा जसपाबाट रामसहाय यादव र जनमतबाट ममता झा गरी दुई जनाको उम्मेदवारी रहेको छ ।

Advertisement

उम्मेद्वारमा साझा सहमति नभएपछि बिहीबार फेरि बस्ने गरी बैठक सकिएको छ ।