February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

नवनिर्वाचित राष्ट्रपतिको व्यस्तताः विहान पशुपति, साँझ स्वयम्भू

२०७९ फाल्गुन २६

1.5K

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल देवीदेवताको दर्शनमा व्यस्त भएका छन् ।विहीबार साँझ राष्ट्रपति निर्वाचित भएका उनले २४ घण्टाको अवधिमा पशुपतिनाथ र स्वयम्भूको दर्शन गरेका छन् । शुक्रबार विपी संग्रहालय पुगेर विपीको शालिकमा फूलमाला चढाएका हुन् ।

सोमबार शपथ र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको नवनिर्वाचित राष्ट्रपति पौडेलले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेका थिए । परिवारसहित बिहानै पशुपति पुगेका उनी त्यसपछि काँग्रेसले आदर्श मान्ने विपी कोइरालाको शालिकमा फूलमाला चढाउन गोकर्णेश्वर गए । त्यहाँबाट फर्केर उनी साँझ स्वयम्भू पुगेका हुन् ।

Advertisement