काठमाडौं । व्यवसायी दुर्गा प्रसाइँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै प्रदर्शन गरिएको हो । माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।
महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ । ५ प्रतिशत ब्याजमा ऋण पाउनु पर्ने माग पनि प्रसाइँको छ । महाअभियानले १५ बुँदे माग पनि अगाडी सारेको छ ।
प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।