काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारले चार लाख रुपैंयाँ मात्र खर्च गर्न पाउने भएका छन् । निर्वाचन सम्बन्धी ऐनको दफा ६२ अनुसार निर्वाचन आयोगले खर्चको सीमा तोकेको हो ।
राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चार लाख खर्च गर्न पाउने आयोगले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् ।
तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १र१ लाख खर्च गर्न पाइने छ । कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०/२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ ।
यसैगरी, आयोगले १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू गर्ने भएको छ । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुने भएकाले आयोगले ५ चैतसम्म आचारसंहिता लगाउने लागेको हो । फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा ९एमाले० नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ ।