काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी नेतृत्वको टोली स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन टोली आज बिहान स्वीटजरल्याण्ड प्रस्थान गरेका हुन् ।
टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्णप्रसा पौडेल र मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी छन् ।
स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरी (फागुन ११ र १२ गते) बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशाला आयोजना हुँदैछ ।