February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

प्रकाश ज्वालाको पहलमा सल्यानका स्थानीय तहलाई स्वास्थ्य उपकरण हस्तान्तरण 

1.9K

सल्यान । प्रतिनिधि सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको पहलमा सल्यानका विभिन्न स्थानीय तहमा स्वास्थ्य उपकरण वितरण गरिएको छ  ।सांसद ज्वालाको अनुरोधमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति तथा व्यवस्थापन महाशाखाबाट भिडियो एक्सरे मेसिन  लगायत १० किसिमका स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामाग्रीहरू बिहिवार उपलब्ध गराइएको हो ।

सल्यानका स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सम्बन्धी उपकरण नहुदा समयमै छिटो छरितो उपचार गर्नमा समस्या हुने सामान्य एक्सरे गर्न समेत सुविधा सम्पन्न ठाउमा लैजानु पर्ने र स्थानीय सेवा ग्राहीलाई आर्थिक भार पर्ने समस्यालाई मध्यनजर गर्दै सांसद ज्वालाले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति तथा व्यवस्थापन महाशाखालाई अनुरोध गरेका हुन् ।

सम्पूर्ण उपकरणहरू  सल्यान जिल्लाका विभिन्न पालिकाहरुलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्री प्राप्त गर्ने सल्पा लायनका शारदा नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका तथा कपुरकोट, त्रिवेणी र सिद्धकुमाख गाउपालिका रहेका छन् । त्यस्तै  बागचौर नगरपालिकामा यस अघि नै स्वास्थ्य सामाग्री पुगिसकेका छन भने अन्य बाकी रहेका गाउँपालिकाहरूमा यथाशीघ्र पठाइने प्रतिबद्धतासमेत सांसद प्रकाश ज्वालाले गरेका छन्।

Advertisement

सांसद ज्वालाले सामाजिक सञ्जालमार्फत  नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा आपूर्ति तथा व्यवस्थापन महाशाखालाई धन्यबाद समेत व्यक्त गरेका छन्  ।