April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

देशका लागि काम गर्न सबैलाई साथमा आउन केपी ओलीको आग्रह

1.4K

काठमाडौं। नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले देशका लागि काम गर्न सबैलाई साथमा आउन आग्रह गरेका छन् । सोमबार भएको संसदको पहिलो बैठकमा एमालेको तर्फबाट सम्बोधन गर्दै ओलीले सांसद र नेताले गोटी चाल्न समय बिताउँदा काम गर्न नसकिने बताउदै अब काम गर्न आग्र गरेका हुन् ।

गोटी चालाचाल होइन, काम गरौं । म सबै दलहरुलाई आग्रह गर्छु, सकारात्मक भएर काम गरौं । बन्न पाएको छैन, बिगार्ने खेल तिर लाग्यौं भने समयको बर्बाद हुन्छ ।’

यस्तै, अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिको सभामा विश्वासको मत पाउनेमा आफू विश्वस्त रहेको भन्दै बधाई दिए ।

Advertisement

अध्यक्ष ओलीले नयाँ सांसद र दललाई बधाई तथा धन्यवाद दिँदै संसदमा नयाँ पार्टी र सांसदहरुको प्रवेश हुनु परिवर्तन र उन्नतीको संकेत भएको बताए।