काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेको तीन दिनपछि देउवाले सरकारी निवास छाडेका हुन् ।
बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले उनी केही समय धुम्बाराहीस्थित एक निजी घर भाडामा लिएर बस्ने बताइएको छ । उनी चार महिनापछि आफ्नो निवास बुढानिलकण्ठ सर्ने बताइएको छ ।