March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

माओवादी अध्यक्ष प्रचण्ड र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङबीच आगामी सरकार गठनबारे छलफल

1.3K

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङबीच आगामी सरकार गठनबारे छलफल भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान नेम्बङ खुमलटार पुगेको जनाइएको छ ।

यतिबेला आगामी सरकार गठनको गृहकार्य भइरहेको छ । सत्ता गठबन्धनका दलबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्रीलगायत प्रमुख पद भागबन्डा विषयमा सहमति जुट्न नसकिरहेका बेला एमाले उपाध्यक्ष नेता नेम्बाङले प्रचण्डसँग भेटघाट गर्नुलाई अर्थपूर्ण हेरिएको छ ।

स्रोतका अनुसार भेटका क्रममा दुई नेताबीच सरकार गठनको विषयमा कुराकानी भएको छ ।

Advertisement