काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले उपचारार्थ आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको नेपालको निजी सचिवालयले जनाएको छ ।
उनको उपचारमा त्रि.वि ( शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको बताईएको छ ।
संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ ।