March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

एमालेले नवनिर्वाचित सांसदहरुलाई संसदीय भूमिकाबारे प्रशिक्षण दिने

935

काठमाडौं । नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारलाईको भेला गरी एमालेले आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संसदीय भूमिकाबारे प्रशिक्षण दिन लागेको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने उक्त भेलामा पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भूमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराउने जनाइएको छ । भेलामा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी हुनेछन् ।

Advertisement