April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

डेंगु संक्रमणबाट बुटवलका पत्रकार टेक मास्कीको मृत्यु

2.4K

बुटवल । बुटवलका पत्रकार टेक मास्की रानाको अल्पायुमै मृत्यु भएको छ । डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको बुधबार बिहान मृत्यु भएको हो ।

४८ वर्षीय रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो । स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घाका रानाले केहिवर्ष अघि क्यासन्सरको कारण श्रीमती गुमाएका थिए । उनका दुई छोरी र एक छोरा छन् ।

राना बुटवलको रेडियो जागरणका समाचार प्रमुख थिए । यस्तै उनले नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।

Advertisement