विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरद्धारा आयोजित उक्त कार्यक्रममा ३८२ जनाले रक्तदान गरेका थिए ।
प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. सुदिप गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश ट्राफिक व्यावस्थापन तथा राजमार्ग सुरक्षा कार्यालय ईटहरी, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश विशेष सुरक्षा गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ४१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका छन् । साथै १ नम्बर प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालयहरुलेसमेत आजै आ–आफ्नो जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयहरुले संचालन गरेको रक्तदान कार्यक्रममा २६० जना प्रहरी कर्मचारीहरु र १२२ जना सर्वसाधारण नागरीकहरुले समेत गरी जम्मा ३८२ जनाले रक्तदान गरेका हुन् ।