काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् ।
रेशमको उम्मेदवारी खारेजपछि सो क्षेत्रमा उनकै पिता लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले व्यवहारिक रुपमा अघि सार्दै समर्थन गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले मंगलबार रेशमको उम्मेदवारी खारेज गरिदिएको थियो । लालवीरले बर्दिया–२ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
बर्दिया क्षेत्र नं। २ मा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने स्वतन्त्र उठेका उनका बुवा लालबिरले निर्वाचन लड्न छुट्टै चुनाव चिन्ह पाउने निर्वाचन अधिकृत नगेन्द्र लम्सालले बताए। लालवीर २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए ।




