काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा काठमाडौं बांगेमुढाका स्थानीयले मेयर बालेन्द्र(बालेन) साह विरुद्ध नाराबाजी गरेका छन् ।
बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वाःछे)मा त्यहाँका स्थानीयवासीहरुले शनिबार साँझ नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बालेनको पुत्ला पनि दहन गरे ।
उनीहरुले काठमाडौं महानगरपालिकाका मेयरबालेन साहविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।
महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवनमा डोजर चलाएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए ।