November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

विजयादशमीका दिन राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने(यस्तो छ कार्यक्रम तालिका)

3.3K

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँको टीका लगाइदिने तालिका सार्वजनिक भएको छ । राष्ट्रपतिले बर्षेनी सर्वसाधारणलाई टीका लगाइदिने प्रचलन छ तर कोरोना महामारीका कारण केही बर्ष टीका लगाउने काम रोकिएको थियो ।

बिहीबार राष्ट्रपतिको कार्यालयले विभिन्न उच्च ओहदाका सरकारी अधिकारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार विशिष्ट व्यक्तिहरूका लागि असोज १९ गते दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ । सर्वसाधारणका लागि ३ देखि अपराह्न ५ बजेसम्मको समय तय गरिएको छ ।

Advertisement