April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

काठमाडौं महानगरभित्र चुरोट तथा सुर्ती खान निषेध

1.7K

काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र शनिबारदेखि चुरोट तथा सुर्ती खान नपाइने भएको छ ।

महानगरपालिकाले बिहीवार सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान नपाइने जनाएको थियो ।

सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

Advertisement

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउन लागेको भन्दै महानगरले अटेर गर्नेलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ का आधारमा कारबाही र जरिवाना तिराइने जनाएको छ ।