April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पशुपति मन्दिरमा तस्बिर खिचेमा र टिकटक बनाए पाँच हजारसम्म जरिवाना

1.8K

काठमाडौं । तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । त्यसका लागि पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्नेछन् ।

पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको जानकारी दिए ।

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय रुपियाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय रुपियाँ र मूल मन्दिर परिसरको तस्बिर खिचेमा पाँच सय रुपियाँ जरिवाना गर्न लागिएको हो ।

Advertisement

कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । कोषले यस वर्षको तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लाइनको व्यवस्था गर्ने तयारी गरिरहेको छ ।