April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

महानगरको डोजर शनिबार पनि सक्रिय, बनस्थलीमा भत्काइयो अवैध संरचना

1.5K

काठमाडौं । अवैध संरचना भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि जारी राखेको छ। महानगरले नक्सा पास नगरी बनाएका संरचनाहरुमा डोजर लगाउनेक्रम शनिबार बनस्थलीबाट गरेको हो ।

महानगर प्रहरी र नेपाल प्रहरीसहितको टोलीले बनस्थली चोकमा रहेका टहरा भत्काएको हो। डोजर चलाउने क्रममा केही स्थनीयले विरोध गरेका थिए। तर, महानगरपालिकाले भने अवैध भएको भन्दै भत्काइदिएको छ।

बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको महानगरपालिकाले जनाएको छ। अवैध संरचना भत्काउन महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा टोली खटिएको छ ।

Advertisement

महानगरले यसअघि ३५ दिन भित्र अवैध संरचना हटाउन संरचना हटाउनु भनी सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाको अवज्ञा गरेपछि महानगर डोजर लिएर भत्काउन निस्केको हो।