काठमाडौं । आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कैदीबन्दीले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले पहिलो पटक कैदीबन्दीलाई यस्तो अवसर प्रदान गर्न लागेको हो ।
चुनावमा २६ हजार १ सय २९ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् । यसअघिका निर्वाचनमा खटिएका कर्मचारीले मात्रै समानुपातिक मतदानमा भाग लिन्थे ।
विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका, बिगो/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन् ।