November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

निर्वाचनमा जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन गर्दैन: टोपबहादुर रायमाझी

4.8K

काठमाडौं । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताएका छन् । आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका हुन् ।

उनले भने, ‘लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।’ दलहरु स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उनले त्यसलाई एमालेले स्वीकार नगरेको बताए ।

एमालेले देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ लैजान खोजेको रायमाझीको भनाइ थियो ।

Advertisement