April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सार्वजनिक विदाका दिन निर्वाचन आयोगका देशभरका कार्यालय खुल्ने

1.8K

काठमाडौं । शुक्रबार भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी सरकारले देशभर सार्वजनिक बिदा दिए पनि निर्वाचन आयोगका सबै कार्यालयहरु खुल्ला रहने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सार्वजनिक विदाका दिन पनि निर्वाचन आयोग र अन्तरगतका कार्यालयहरु खुला रहने आयोगको निर्णय भएको जानकारी दिए ।

आयोगले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनका काम व्यवस्थापन गर्न सार्वजनिक विदा नदिने निर्णय गरेको हो । त्यस्तै आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि सरकारलाई पाँच बुँदे निर्देशन पनि दिएको छ ।

Advertisement

निर्वाचन आयोग र मातहतका कर्मचारीले निर्वाचन घोषणा भएको दिनदेखि दोब्बर तलबको व्यवस्था गरिएको जनाएको छ ।