पाँचथर । नेकपा एमालेले पाँचथरको हिलिहाङ गाउँपालिकामा दीपक सुहाङ संयोजक रहेको अधिवेशन आयोजक कमिटी गठन गरेको छ । केही दिनअघि पालिकाका अध्यक्ष मदन गौतमलाई पार्टीबाट निष्कासन गर्दै कमिटी नै भंग गरेको एमालेले पुनः आयोजक समिति बनाएको हो ।
समितिको उप संयोजकमा सन्तोष लिङदेन, सचिवमा भिम हेम्ब्या उप सचिवमा विरेन्द्र मगराती र शिव दंगालसहित ६७ जना सदस्य रहेको बताइएको छ ।
स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै एमालेले हिलिहाङ र कुम्मायकका कमिटी भंग गरेको थियो । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै गौतमसहित केही नेतालाई कारवाही पनि गरेको थियो ।