March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

अस्पतालको अत्यावश्यक सेवा सुधार गर्न स्वास्थ्यमन्त्री खापुङको निर्देशन

2.2K

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले सरकारी अस्पतालको शौचालय लगायतका अत्यावश्यक कुरा सुधार गर्न निर्देशन दिएका छन् । सरकारी अस्पतालको शौचालय, खानेपानी, बिरामी कुरुवा कक्ष लगायतका अत्यावश्यक कुराहरुमा तत्काल सुधार गर्न स्वास्थमन्त्री खापुुङले सम्बन्धित अस्पतालका निर्देशकहरुलाई निर्देशन दिएका हुन् ।

बुधबार मन्त्रालयमा बोलाएर मन्त्री खापुङले उक्त निर्देशन दिनुभएको हो । शौचालय फोहोर र अस्तब्यस्त भएको व्यापक जनगुनासो आएपछि समस्या समाधानमा तत्काल लाग्न अस्पताल निर्देशकहरूलाई मन्त्री खापुङले निर्देशन दिएका हुन् ।

Advertisement