काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका छन् ।
मंगलवार प्रशुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले आमाको स्तनपान गर्न पाउने बच्चाको नैसर्गिक अधिकार हनन गर्न नहुने बताए ।
विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा वागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको मन्त्री खापुङको भनाई थियो ।