काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालालाई कोभिड -१९ संक्रमण भएको छ ।
कोइरालालाई सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोइरालाको धापसीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
कोइराला पार्टी कार्यक्रमका लागि केही दिनअघि मधेसका विभिन्न जिल्ला पुगेर राजधानी फर्किएका थिए ।