November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

जिल्ला अस्पताल अछामलाई सुविधा सम्पन्न बनाउन पहल गर्ने मन्त्री कुँवरको प्रतिवद्धता

2.6K

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जिल्ला अस्पताल अछामलाई सुविधा सम्पन्न बनाउन आफूले पहल गर्ने बताएका छन् । गृहजिल्ला भ्रमणमा रहेका मन्त्री कुँवरले आज अस्पतालको अनुगमन गर्दै अस्पताललाई प्रमुख प्राथमिकतामा राखेर सुविधा सम्पन्न बनाउन पहल गर्ने बताएका हुन् ।

अस्पतालको भौतिक संरचना निर्माण, दक्ष जनशक्तिको दरबन्दी कायम गरि परिचालन गर्न सरकार प्रतिवद्ध रहेको समेत उनले बताए । जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि आफू आफ्नो कर्तव्यबाट विमुख नहुने मन्त्री कुँवरको भनाई थियो ।

अछाम जिल्लाको स्वास्थ्य स्थिति र अस्पतालको समस्याका बारेमा जिल्ला जन स्वास्थ्य अधिकृत झनक ढुंगानाले गराएका थिए । मन्त्री कुँवरलाई जिल्ला अस्पताल अछाम व्यवस्थापना समितिले अस्पतालमा स्वागत तथा सम्मान गरेको थियो ।

Advertisement