April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्युठानमा बस दुर्घटना: चालकको मृत्यु, ३ जना घाइते

2.7K

काठमाडौं–प्युठानको तिराम–मुर्कुटी सडकअन्तर्गत गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

माण्डवी गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ति सार्वजनिक बस व्यवसायी समितिको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना भएको घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली बिकले जानकारी दिए।  उनका अनुसार मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० बर्षीय तारा राना रहेका छन्।

त्यस्तै, प्युठानको माण्डवी–१ तिराम बस्ने वर्ष ६६ का गोकर्ण अधिकारी, वर्ष ४५ की लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया वसन्ता विक रहेका छन्। घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते सबैलाई उपचारका लागि दाङ पठाईएको छ ।

Advertisement