काठमाडौं । जल तथा मौसम विभागले मंगलबारदेखि बिहीबारसम्म देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । ३ दिनसम्म हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाउदै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागको अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव परेसँगै वर्षाको सम्भावना बढेको हो ।
हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।